कार्लोसले स्कुटर चलाउँछ। ऊ धेरै छिटो साधन कुदाउछ।
Carlos rides a scooter. He rides fast.
बाटोमा पानी जमेको छ। बाटो चिप्लो छ।
There is water on the road. The road is slippery.
उसले स्कुटरको नियन्त्रण गुमाउँछ र लड्छ।
He loses control of the scooter and falls off.
कार्लोसलाई निकै चोट लागेको छ।
Carlos is badly hurt.
एउटी महिलाले फोन गरेर एम्बुलेन्स बोलाउछिन्। “दुर्घटना भएको छ, छिटो आउनुहोस्!”
A woman calls for an ambulance. “There has been an accident. Come quickly!”
एम्बुलेन्स धेरै छिटो आउँछ।
The ambulance comes very quickly.
दुई जनाले कार्लोसलाई स्ट्रेचरमा राख्छन्।
Two men put Carlos on a stretcher.
तिनीहरूले कार्लोसलाई एम्बुलेन्समा हाल्छन्।
They lift Carlos into the ambulance.
एम्बुलेन्स अस्पताल पुग्छ।
The ambulance drives to the hospital.
एउटी नर्सले कार्लोसलाई अस्पताल भित्र लैजान्छिन्।
A nurse takes Carlos into the hospital.
कार्लोसको खुट्टा धेरै दुखेको छ र उ चिन्तित छ।
Carlos’s leg hurts a lot, and he is worried.
दुई जना चिकित्सकले उसको खुट्टाको शल्यक्रिया गर्छन्।
Two doctors operate on his leg.
उसका आमाबाबु उसलाई भेट्न जान्छन्। दुर्घटना कसरी भयो भनेर सोध्छन्।
His parents visit him. They ask him how the accident happened.
उनीहरूले उसलाई घरमा लैजान्छन्। कार्लोस बैसाखी प्रयोग गर्दै छ।
They drive him home. Carlos is using crutches.