टमको दाँत दुखेको छ। उसको दाँत धेरै नै दुखेको छ।
Tom har tandvärk. Hans tand gör väldigt ont.
उसले आफ्नो दन्त चिकित्सकलाई दाँत देखाउनु जरुरी छ, तर पहिले उसलाई दुखाइ कम गर्नको लागि केही चाहिएको छ।
Han behöver träffa sin tandläkare, men först behöver han någonting mot smärtan.
ऊ नजिकैको औषधी पसलमा जान्छ।
Han kör till det närmsta apoteket.
“मलाई दाँत दुखेको छ,” ऊ भन्छ। “तपाईंसँग दुखाई कम गर्ने केही छ?”
“Jag har tandvärk” säger han. “Har du något för det?”
“हजुर, यो दुखाइ कम गर्ने औषधी लिनुहोस्। तपाईंलाई यिनीहरूको लागि चिकित्सकको अनुमति चाहिँदैन।”
“Ja, här är några smärtstillande. Du behöver inte recept för dessa.”
“धन्यवाद। यसको कति पर्छ?”
“Tack. Hur mycket kostar de?”
“यसको ९ युरो पर्छ। तर तपाईंले एकचोटी दन्त चिकित्सकलाई देखाउनु नै पर्छ।”
“De kostar nio euro. Men du borde träffa en tandläkare.”
“ठीक छ, म भोलि बिहान मेरो दन्त चिकित्सकलाई फोन गर्छु।”
“Okej, jag ska ringa min tandlärare i morgon bitti.”
“यदि तपाईंलाई अझै कडा औषधी चाहिन्छ भने, तपाईंले आफ्नो दन्त चिकित्सक वा डाक्टरबाट अनुमति लिनु पर्छ।”
“Om du behöver starkare medicin så behöver du få ett recept från din läkare.”